काठमाडाै । सरकार र आन्दोलनरत शिक्षकहरूबीच फेरि वार्ता हुने भएको छ । विद्यालय शिक्षा विधेयकलाई लिएर आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच आज दिउँसो ३ बजे फेरि वार्ता हुन लागेको हो ।

वार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी र शिक्षक महासंघका प्रतिनिधिहरू सहभागी हुनेछन् ।


यसअघि बिहीबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ र शिक्षकहरूबीच वार्ता भएको थियो । तर, गृहमन्त्री श्रेष्ठसँगको वार्ता निष्कर्षबिहीन भएको थियो ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति जनाएको छ । जसमा सरुवा-बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

नेपाल कर्म । ४ आश्विन २०८०, बिहीबार १४:४०