एघार वर्षकै उमेरमा पुस्तक मोह, तीनवटा बाल पुस्तकालय स्थापना

एजेन्सी । एघार वर्षीया आकर्षणा सतिसले हैदरावादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन्। आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक संकलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन्। एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार ३६ वटा, सनतनगर प्रहरी कार्यालयलाई आठ सय २९ र किशोरी बालगृहलाई छ सय २५ पुस्तक प्रदान गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन्।



गत बुधबारदेखि ती पुस्तकालय सञ्चालनमा आएका छन्। प्रान्त सरकारका प्रशासन र प्रहरीका उच्च अधिकारीबाट ती पुस्तकालयको उद्घाटन भएको छ।

कोरोना महामारीका बेला आफूले आफन्त, छिमेकी र विद्यालयका सहपाठीबाट पुस्तक संकलन गरेको आकर्षणाले बताएकी छन्। उनले स्थापना गरेका पुस्तकालयमा अधिकांश तेलगु भाषाका पुस्तक छन् भने अङ्ग्रेजी र हिन्दीका पुस्तक पनि त्यहाँ राखिएका छन्। आफ्ना पिताजीको प्रेरणाबाट आफूले पुस्तकालय स्थापना गरेको उनले एएनआईलाई बताइन्। खाजाखर्च जोगाएर उनले स्यानेटरी प्याड पनि कन्या सुधार गृहलाई प्रदान गरेकी छन्।

पुस्तकालय नभएका स्थानमा पुस्तक दान गरेर पुस्तकालय स्थापना गरेकी आकर्षणाप्रति भारतीय प्रहरी सेवाकी शिखा गोले आभार व्यक्त गरेकी छन्।

 

तपाईको प्रतिक्रिया