सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ मा पर्ने भेरी र कर्णाली नदीको संगमस्थलमा वृक्षारोपण गरिएको छ । संविधान दिवको अवसर पारेर भेरी र कर्णाली नदीको सङगम स्थल शिवालाय परिसर मा बृहत वृक्षारोपण गरिएको हो ।

सुर्खेत क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य बिन्दमान बिस्टको प्रमुख आथित्यता, क्षेत्रीय वन निर्देशक गोविन्द दाहाल, डिभिजन वन कार्यलय भेरीका प्रमुख बसन्त श्रेष्ठ, चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दाराम खनाल, चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्यको विशेष आथित्यता र दिपेश्वर धार्मिक तथा पर्यटकिय विकास संस्थाका अध्यक्ष रमेश खनालको सभापतित्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।



शिवालय परिसरमा निम, रुद्राक्ष, स्वामी लगायत प्रजातिका विरुवा रोपिएको हो । चौकुने गाउँपालिका वडा नम्बर ५ को आयोजनामा भएको कार्यक्रमलाई डिभिजन वन कार्यलय भेरी र क्षेत्रीय वन निर्देशनालय सुर्खेतले विरुवा उपलब्ध गराएको थियो ।

नेपाल कर्म । ४ आश्विन २०८०, बिहीबार ११:२२