जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख चाहिएको छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचि राष्टप्रमुख आवश्यकता भएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा कचहरी प्रेस क्लबद्वारा आयोजित संविधान कार्यान्वयनमा कर्णालीः उपलब्धी र चुनौती बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।



दिनै पिच्छे सरकार फेरीनुले विकास निमार्णका कामहरु भएनन् अब हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचि राष्ट प्रमुख चाहिएको बताएका छन् । सरकारले आफु टिक्ने हाे की हैन भन्ने कुरालाई भन्दा विकास निमार्णको कामलाई प्राथामिकता दिने र विकासको गति अगाडी बढ्ने विश्वास उनकाे छ ।

कर्णाली साधन स्रोतको हिसाबले सम्पन्न छ तर कर्णालीलाई पछि पारिएकोले अब कर्णालीले क्षतीपुर्तिसहितको बजेट पाउनु पर्छ भन्ने आवाज उठाउन जरुरी रहेको शर्माकाे भनाइ छ।

उनले कर्णालीमा कसरी समाजबाद आउँछ भन्ने विषयमा बहस चाहिएको र त्यसका लागि राजनितिक सम्मेलन गर्ने कार्यतालिका आफुले तयारी गरी रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया