जलेकाे अवस्थामा शव भेटिएका आमा-छोरीको हत्या भएकाे पुष्टी

सल्यान । गएकाे भदाै ३० गते आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा-छोरीको हत्या भएको पुष्टि भएको छ। त्रिवेणी गाउँपालिका-२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।



तालिम प्राप्त कुकुरसहित प्रहरीले गरेकाे अनुसन्धानको क्रममा उनीहरूको हत्या गरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको हाे ।

प्रहरीले हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ति व्यक्तिकाे नाम नखुलाएकाले बिहीबार मात्रै सार्वजनिक गरिने प्रहरीले जनाएकाे छ । घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यसमा सहयोग गरिरहेको थियो।

रेवतीका श्रीमान शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको हत्याको खबरपछि उनी घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया