सुर्खेत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन केन्द्रीय साधारणसभा कर्णालीमा हुने भएको छ । दुई वर्षदेखि हुन नसकेको बारको साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यहि असोज १२ र १३ गते हुने भएको छ ।

बारले आर्थिक वर्ष २०७८/७९ देखि साधारणसभा हुन सकेको छैन । कर्णालीका पर्यटकीयस्थलको परिचान गर्न र यहाँको रितीरिवाजलाई नेपालभर चिनाउनका लागि साधारणसभा गर्न लागिएको नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले जानकारी दिए ।


आचार्यका अनुसार कर्णालीमा हुने साधारसभाका लागि देशभरबाट झण्डै ११ सय प्रतिनीधिहरु सहभागी हुनेछन् । ‘बिषेश गरेर कर्णालीको पर्यटन क्षेत्रको विकास र कर्णालीको रितीरिवाजलाई देशभर चिनाउनका लागि कर्णालीमा असोज १२ र १३ गते साधारसभा गर्न लागेका छौं ।’ आचार्यले भने ।
साधारणसभाका अवसरमा कर्णालीका पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण गर्न चाहनेलाई यातायात व्यवसायीसँगको सहकार्यमा विभिन्न भ्रमण प्याकेजहरुको समेत व्यवस्था गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिए ।

नेपाल कर्म । २ आश्विन २०८०, मंगलवार १८:१७