सुर्खेत । नेकपा एमालेले आज (मंगलबार) गत मंगलवार दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी सम्पन्न गरेको छ । एमालेले नेता नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीको आयोजना गरेको थियो ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको गोष्ठीको नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री तथा संविधान सभा सदस्य जीवनबहादुर शाही, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सीता नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई वक्ताका रूपमा बोलाइएको थियो ।

यस्तै, प्रमुख वक्ताका रुपमा रहेका नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले दिवंगत एमाले उपाध्यक्ष नेम्वाङले संविधान निर्माणमा गरेको योगदानका बारेमा चर्चा थिए भने, पार्टी सचिव लेखराज भट्टले पनि गोष्ठीलाई सम्बोधन गरेका थिए । भद्र र सालिन नेताका रुपमा परिचित नेम्वाङको अघिल्लो मंगलबार हृदयाघातका कारण निधन भएको थियो ।
गोष्ठिमा नेताहरुले दिवंगत संविधान सभा अध्यक्ष एवंम् एमाले पार्टी उपाध्यक्ष नेता नेम्वाङको योगदानको कदर गर्दै वक्त गरेको विचारको सम्पादित अंशः

जीवनबहादुर शाही
केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व मुख्यमन्त्री तथा संविधान सभा सदस्य
सुनमा सुवास छरिएको नाम थियो सुवास । उहाँका कारण हामीले अहिले भन्न, बोल्न पाएका छौँ, स्वतन्त्र भएर हिँड्न पाएका छौं । नेम्वाङ नेपालको संविधान सभाको अध्यक्ष मात्र नभई उहाँ राष्ट्रको एक सच्चा नायक हो । संविधान सभाका अध्यक्ष कहिले पनि पूर्व हुँदैन । यो राष्ट्रिय पद हो । ज्युदो रहेसम्म, गालि गर्छु तर, गइसकेपछि महान हुने कुरा गलत हुन् । भुकम्पको समयमा हामी २० देखि २५ दिन जिल्ला÷जिल्ला पुगेका थियौँ ।
पार्टी भन्दा जनता ठुला, जनता माथि राष्ट्र भन्ने कुरा उहाँमा थियो । नेम्वाङबाट धेरै कुरा सिक्नुपर्ने छ । उहाँले जसरी संविधान सभा अध्यक्षको अध्यक्ष भएर देशलाई शान्तिको बाटमो ल्याउन र राजतन्त्रको अन्त्य गर्नमा जुन खालको योगदान दिनु भयो त्यो हाम्रा लागि अविस्मरणीय त रहन्छ नै हामीले उहाँबाट धेरै कुरा सिकेका छौं र अझ धेरै सिक्नु बाँकी पनि छ ।
सीता नेपाली
केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्र तथा संविधान सभा सदस्य
हामी नेपाली र समर्ग नेपाललाई उहाँको निधनले अपुरणीय क्षती पुगेको छ । दुई–दुई पटक संविधान सभाको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको थियो । यो संविधानमा नेपालकै मौलिकताको विशेषताहरू रहेका छन् । संविधान सभामा पाँच वटा समिति रहेका थिए ।
तिनीहरुले आ–आफ्नो जिम्मेवारी बहन गरेको छ । हाम्रो अथक प्रयासले संघीय लोकतान्त्रिक मर्मअनुरुपको संविधान बनेको छ । धार्मिक स्वतन्त्र रहेको छ । सबै धर्मलाई समान व्यवहार गर्नुपर्ने छ । राजनीतिक दलहरुलाई आएका समस्याहरुलाई समाधान गर्ने कुरामा उहाँ अब्बल हुनुहुन्थ्यो । ०६२/०६३ को जनआन्दोलन प्रश्चात देशमा यो परिवर्तन आएको हो । जसले गर्दा अहिले संघीय संरचनामा देश अगाडि बढिहेको छ ।
यो देशले एक अभिभावक गुमाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एकता गरेर नेपाली जतनताको भाग्य र भविष्य निर्माण गर्नका निम्ति नेकपा बनेको थियो । त्यो एउटा आफैमा कम्यूनिष्ट आन्दोलनको सफलता थियो, तर त्यो स्मरण बन्न पुग्यो । नेपाली जनताको त्याग र बलिदानले ठुलो परिवर्तन भएको छ ।

अब देशको समृद्धिको यात्रालाई नेकपाले पुरा गर्छ भन्ने सपना पूरा भएन् । यो राष्ट्र र संविधान निर्माणमा उहाँको ठूलो भुमिका रहेको छ । उहाँको योगदान र नेतृत्वदायी भुमिकाको सच्चा सम्मानका लागि हामीले यो संविधान बचाई राख्नु पर्छ ।
मुकुन्दश्याम गिरी
केन्द्रय उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
कसैको आँखामा नबिझाउने, देशकै उत्कृष्ट सभामुख, सभामुख भन्ने बित्तिकै सुवासको नाम दिमागमा आउछ । राजाले विघटन गरेको पुरानो सदनको बैठक बस्यो । संसदको सदस्य नभएको बेला तत्कालिन गिरिजाप्रसाद कोइरालाले यो देश गणतन्त्र र धर्म निरपक्ष हुनेछ भनेर भनेका थिए ।
अनागरिकलाई नेपाली नागरिक हुन पाउने गरी नागरिकता विधेयक पारित गरियो । सभामुख नेम्वाङले नागरिकता विधेयकमा छाप लगाएर पास गरेका थिए । संविधानमा लेखिएका कुरा ६०१ जनाको समर्थनमा १०/१२ जनाले लेखेका थिए । देशको कानून उल्लघन गरेका भने थिएनन् । उनको योगदान राम्रो छ । धेरै पटक भेटेको थिए । उहाँ अत्यन्तै प्रिय व्यक्ति हुनुहुन्थ्यो । आलोचना गर्न चाहनु हुन्थेन् । उहाँ जनतामा रहेको निराशाबाट दुखी हुनुहुन्थ्यो ।
तर, बनेको संविधान कार्यान्वयन हुन सकेन् । पूर्वमा जातीय कुरा भड्किलो छ । पार्टीलाई ठूलो धक्का लागेको छ । संविधान सम्झौताको दस्तावेजको रूपमा रह्यो । खाडीमा रहेका नेपाली युवाहरुलाई हेर्ने हो भने देशले प्राप्त गरेको कुरा ठुलो हो ।
सुरेन्द्र पाण्डे
नेकपा एमाले पार्टी उपाध्यक्ष
सुवाससँगको चिनजान ५० वर्ष भएको थियो । २०४८ सालमा राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । पार्टी राजनीतिमा अवचलित रूपमा लाग्नु भयो । २०५४ सालदेखि पार्टीको भुमिका, उहाँलाई सल्लाहकारका रुपमा लिन्थ्यौं । सुवास यस्तो पात्र हो हामीले आज गुमाएका छौं । सुवास जिलाई संका गरेको कुरा म देख्छु ।
धर्मनिरपेक्षता घोषणा गरेको हो कि भनेर आरोप लागे पनि तर, यसमा उहाँको कुनै पनि हात छैन् । हिन्दुराज्य हटाएको कुरामा आरोप मात्रै हो । उहाँ क्रिश्चियन हुँदै होइन । संका गरिएका सबै कुरा सत्य छैन् । संविधान जारी गर्ने कुरामा देशी वेदेशी शक्तिले घोषणा नगर भन्दै दवाव आएको थियो । उहाँ आफै गएर राष्ट्रपतिलाई आउनुपर्छ भन्दै कनभिन्स गरेर संविधान जारी भएको थियो ।
संविधान जारी नभएको भए देश कता जान्थ्यो होला । यसरी सुवास पृथक भएर उभिदा संविधान जारी भयो । संघ र प्रदेश चलाउने हिसावले संविधान जारी भएको छ । सातवटा प्रदेश विभाजनमा पनि सुवासको महत्वपूर्ण योगदान छ । सुवासको निधनले हाम्रो पार्टी एमालेले राजनीतिको कोशेढुङ्ग गुमाएको छ ।
लेखराज भट्ट
नेकपा एमाले पार्टी सचिव, कर्णाली प्रदेश इन्चार्ज
हामी युद्धमा थियौँ । शान्ति प्रक्रियामा थियौँ । एमालेको नेतृत्व थियो । अहिलेको नेतृत्व एमालेसँग छलफल बहस भएको थियो । समन्वकारी भूमिकामा सुवास नेम्वाङ नै हुनुहुन्थ्यो । राजनीति घटना क्रम कतिबेला के हुन्छ त्यो थाहा हुँदैन । ५ मिनेटसम्म बोल्नुपर्ने १७ मिनेट बोले उहाँले (नेम्वाङ ) रोक्नु भएन् । जातीय राज्यले देशलाई समस्या ल्याउछ भन्नु भएको थियो । कसैलाई पनि उत्तेजित गर्ने स्वभाव उहाँमा थिएन् ।
उहाँ नेपालका लागि महात्मागान्धी हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा, कार्यपालिका, न्यायपालिकाको भुमिका उहाँले जस्तो कसैले गरेका छैनन् । देशलाई गुन लगाउनु भएको छ । उहाँप्रति कुनै गुनासो छैन् । देशले राजनेता गुमाएको छ । उहाँप्रति पार्टी सधैं ऋणि रहने छ ।

नेपाल कर्म । २ आश्विन २०८०, मंगलवार १७:४३