विद्युतिय सवारीलाइ सुर्खेतमा चार्जिङ गर्नमै सकस

सुर्खेत। विद्युतीय गाडीहरुको संख्या बढ्दै जाँदा सुर्खेतमा निर्माण गरिएको चार्जिङ स्टेशनमा भोल्टेजको पिरलो छ । मुख्यगरी, सुर्खेत–नेपालगञ्ज रुटमा गुड्ने गाडीहरु सुर्खेत पुग्दा न्यून भोल्टेजका कारण चार्जिङ गर्नमा कठिनाइ छ । सुर्खेत बसपार्कमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्य एउटा पोर्ट लक गरिँदा विद्युतीय सवारीहरुलाई चार्ज गर्न लाइनमा बस्नुपर्ने बाध्यता छ ।



कर्णालीमा पहिलो पटक सरकारी लगानीमा विद्युतिय चार्जिङ स्टेशन निर्माण गरेपछि सञ्चालनमा छन् । वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्कमा दुई ओटा चार्जिङ स्टेशन नेपाल विद्युत प्राधिकरणले निर्माण गरिदिएको हो ।

तर चार्जिङ स्टेशनमा लो भोल्टेजका कारण विद्युतीय सवारीलाई चार्ज गर्नमा कठिनाइ भइरहेको छ । सुर्खेत–नेपालगञ्ज रुटमा दैनिक १२ ओटा सार्वजनिक सवारी साधन नियमित रुपमा गुड्दै आएका छन् । विद्युतीय गाडीहरुको संख्या बढ्दै जाँदा नेपाल विद्युत प्राधिकरणले एउटा मात्रै चार्जिङ पोर्ट दिँदा व्यवसायीहरुले लाइन लागेर चार्जिङ गर्नुपर्ने बाध्यता रहेको सवारी चालक हरी थापा बताउँछन् ।

प्राधिकरणले एक करोड लागतमा दुई वटा चार्जिङ स्टेशन बसपार्कमा निर्माण गरेको छ । यीमध्य एउटा चार्जिङ स्टेशन कार र अन्य विद्युतीय सवारीहरुका लागि हो । चार्जिङ स्टेशनमा विद्युतले नै दुई सय केभीएका दुई ओटा ट्रान्सफर्मर पनि राखेपनि प्रयाप्त भोल्टेज नहुँदा व्यवसायीहरुले हैरानी खेपिरहेका छन् ।

हाल चार्जिङ स्टेशनको मनिटरिङ विद्युतको केन्द्रीय कार्यालयले गरिरहेको छ । डिजेल–पेट्रोलको मूल्य बढीरहेका बेला विद्युतीय सवारीमा आकर्षितहरुलाई सर्वसुलभ सेवा दिनमा प्राधिकरणले चासो देखाएको छैन् । चार्जिङ स्टेशन सञ्चालनमा आउँदा प्रत्यक्ष रुपमा यातायात व्यवसायीहरुलाई राहत त पुगेको छ नै तर क्षमता सुधारमा प्राधिकरण चुकेको छ ।

एउटा चार्जिङ स्टेशनमा दुई ओटा चार्जिङ पोर्ट छन् योमध्य एउटा प्राधिकरणले नै लक गरेको छ । नेपालगञ्जबाट सुर्खेत आएका सवारीहरुलाई सोही दिन नेपालगञ्ज फर्किनमा शंका गरेर गाडी चलाउनु परिरहेको सवारी चालक रिदम मल्लले जानकारी दिए ।

सुर्खेत र नेपालगञ्जमा रहेका यातायात प्रा.लि.हरुले विद्युतीय माइक्रो गाडीहरु सञ्चालन गरिरहेका छन् । तर वीरेन्द्रनगरमा व्यक्तिगत विद्युतीय सवारीहरु कति छ भन्ने एकिन तथ्याङ्कसरकारी निकायसँग छैन् ।

कोहलपुरबाट चार्ज गरेर आउँद सवारी गति २० देखि २५ हुने र सुर्खेतमै ढुक्कले चार्ज गर्ने व्यवस्था गरिदा सवारी गति ४० देखि ४५ को स्पीडमा जान सकिने सकिने सवारी चालक बताउँछन । ११ सिट क्षमताका विद्युतीय माइक्रो र २० सिटका डिजेल सवारीले यात्रु बोक्दा लागत खर्च बराबर हुने गरेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा उपलब्ध सवारीसाधनहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज गरिनु सक्नुपर्ने हो ।

आन्तरिक रूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरेको प्राधिकरण क्षमता सुधार गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया