सुर्खेत । सुर्खेतका सञ्चार उद्यमी दिपककुमार बुढा सम्मानित भएका छन्। नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समेत रहेका उनलाई विद्यालयले सम्मानित गरेको हो।
विद्यालयको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) का अवसरमा आयोजित कार्यक्रममा सम्मानित गरिएको विद्यालयले जनाएको छ।


बुढा कर्णालीको राजधानी वीरेन्द्रनगरबाट प्रकाशित हुने युगआव्हान राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव समेत रहेका छन्। उनले कक्षा–६ देखि कक्षा–१० सम्म सोही विद्यालयमा अध्ययन गरेका थिए।

विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयको शैक्षिक उन्नयन तथा चौतर्फी विकासमा आर्थिक सहयोग गरी अतुलनीय योगदान गरेको भन्दै सम्मानित गरेको हो।
सम्मानित बुढाले विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित उपत्यका व्यापी कविता, तीज गित र भलिबल प्रतियोगिताका विजयीहरुका लागि नगद पुरस्कार र ट्रफिका लागि नगद ३२ हजार ५ सय सहयोग रकम उपलब्ध गराएका थिए।

नेपाल कर्म । २ आश्विन २०८०, मंगलवार ०८:४२