सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम हुने भएको छ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा मंगलबार (असोज २) गते दिउँसो १ बजे उक्त कार्यक्रम हुने भएको हो।

यस अघि नेकपा एमाले केन्द्रले सातै प्रदेशमा एकै दिन स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम गर्ने निर्णय गरेको थियो।

एमाले कर्णाली प्रदेशकाअनुसार उक्त प्रवचन कार्यक्रममा प्रमुख वक्ताका रुपमा एमालेका पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे रहेका छन्।

यस्तै, अन्य वक्ताहरुमा एमालेका सचिव लेखराज भट्ट, कर्णाली प्रदेश सभा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी र नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सीता नेपाली रहेका छन्।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु, कर्णाली प्रदेश सभा सदस्यहरु, वकिल तथा अधिवक्ताहरु, नागरिक अगुवा, विभिन्न विद्यालय, क्याम्पस तथा विश्वविद्यालयका प्रधानाध्यापक, कानून तथा राजनीतिक शास्त्रका विद्यार्थीहरु, विभिन्न राजनीतिक दललाई आमन्त्रण गरिएको एमाले कर्णाली प्रदेशले जनाएको छ।

नेपाल कर्म । १ आश्विन २०८०, सोमबार २१:२७