अमेरिकामै लुकेकी कालिकोटकी पूर्व उपमेयरले भेटिन ‘प्रचण्ड’

सुर्खेत । कालिकोटकी दर्शना नेपाली ‘दन्ता’ २०७६ कार्तिकमा एक गोष्ठीमा सहभागी हुन अमेरिका पुगिन् । त्यतिबेला उनी तिलागुफा नगरपालिका कालिकोटकी उपमेयर थिइन् । नगरपालिका महासंघमार्फत अमेरिका पुगेकी उनी एकपटक तत्कालिन तिलागुफाका प्रमुख रत्नबहादुर शाहीसँग सम्पर्क गरेकी थिइन् ।



तर उनी नेपाल नफर्किएपछि अमेरिकामै हराएको समाचारहरु बाहिरिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिकामा छन् । पूर्व जनप्रतिनिधि नेपालीले अमेरिकमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेको फोटो सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखिकी छन्, ‘सम्माननिय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागतछ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरुलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं । अमेरिकामा हार्दिक स्वागत ! अमेरिकाको बसाई सुखद रहोस, हार्दिक शुभकामना !’ नेपालीले लेखिकी छन् ।

अमेरिकामै लुगेको आरोप लागेपछि उपमेयरले ‘आफू बिरामी भएकाले फर्किन नसकेको’ बताएको खवर सार्वजनिक भएको थियो । उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको भन्दै मेयर शाहीले गुनासो गरेका थिए ।

२०७४ सालमा भएकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उममेयर पदमा उम्मेद्वार भएर निर्वाचित भएकी थिइन् ।

तपाईको प्रतिक्रिया