सुर्खेत । चेक अनादर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले सुर्खेतको छिन्चु बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षिया सुरेन्द्र खत्री रहेका छन् ।


जिल्ला अदालत सुर्खेतले खत्रीलाई चेक अनादर मुद्दामा दोषि ठह¥याउदै तीन महिना कैद र तीन हजार जरीवाना तोकेको थियो । खत्रीलाई शनिवार इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले पक्राउ गरेको हो । उनलाई हाल ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ ।


नेपाल कर्म । ३१ भाद्र २०८०, आईतवार १५:२९