सुर्खेत । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) सुर्खेतको अध्यक्षमा तेज सोनाम चयन भएका छन्। शनिबार भएको ९औँ धारणसभा तथा तेश्रो अधिवेशनबाट सोनाम चयन भएका हुन्।

सचिवमा टीकाराम आचार्य र कोषाध्यक्षमा निशा पौडेल चयन भएका छन्।
यस्तै, सदस्यहरुमा जगत केसी, विवेक शाही र गीता बोहोरा छन्।


निर्वाचित अध्यक्ष सोनामले नेपालको संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको शिक्षाको अधिकार सुनिश्चितताका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

नेपाल कर्म । ३१ भाद्र २०८०, आईतवार १०:०६