सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा वरिष्ठ न्युरोसर्जन डा. निलमकुमार ‘मानव’ को विपश्यना साधना (एक संक्षिप्त रुपरेखा) नामक पुस्तक विमोचन भएको छ । शनिवार वाङ्गमय चौतारी नेपाल, सुर्खेतको अयोजनामा पुस्तकको लोकार्पण तथा परिचर्चा गरिएको थियो ।

उक्त पुस्तकमा ‘ध्यान’ र ‘मनन’ का विषयहरु समेटिएका छन् । विपश्यना आत्मनिरीक्षणद्वारा आत्मशुद्धिको साधना अर्थात विधि हो ।जसले मानसिक समस्यामा रहेका व्यक्तिहरुलाई तनाव, चिन्ता र उदासिनताबाट मुक्त गराउन ठुलो भुमिका खेल्ने गर्दछ ।




नेपाल कर्म । ३० भाद्र २०८०, शनिबार १८:२०