सुर्खेत क्याम्पसका विद्यार्थीले गरे २२ निर्णय, आर्थिक हिनामीना छानबिन गर्न माग



सुर्खेत । सुर्खेत बहुमुखी क्यामासको आर्थिक हिनामीना छानबिनदेखि विद्यार्थीका विभिन्न माग सम्बोधनको लागि संयुक्त विद्यार्थी संघ संगठनहरुले २२ वटा निर्णय गरेका छन् । शुक्रबार सुर्खेत बहुमुखी क्यामास, सुर्खेतका सहायक क्याम्पस प्रमुख तथा वार्ता समितिका संयोजक ओमप्रकाश न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा क्याम्पसमा क्रियाशिल संयुक्त विद्यार्थी संघ संगठनहरुले यस्तो निर्णय गरेका हुन् ।

विद्यार्थीले क्याम्पसमा भएको आर्थिक हिनामीना छानबिन र सम्पूर्ण क्याम्पसका विद्यार्थीहरुका समस्यालाई मध्यनजर गर्दै बैठक बसेको हो । बैठकमा विभिन्न माग राखी भदौ ३ गतेदेखि क्याम्पसको प्रशासन भवनको मूल गेटमा लगाएको ताला बन्दी लगायत क्याम्पसका विभिन्न समस्या र समाधानका लागि विस्तृत छलफल भएको थियो ।

यस्ता छन् छलफलपछि भएका निर्णय  ।

निर्णय नं. १ :
यस क्याम्पसको पुरुष छात्रावासको कोठा नः १ तत्काल विद्यार्थीहरुका लागि आजका मितिदेखि १० दिनभित्र खुलाउने निर्णय गरियो ।
निर्णय नं. २ :
यस क्याम्पसको पुरुष / महिला छात्रावासमा जोडिएको wif internet व्यक्तिको नाममा जोडिएको हुँदा अब उप्रान्त क्याम्पस प्रशासनको नाममा जोडिनु पर्ने निर्णय गरियो ।
निर्णय नं. ३ :
यस क्याम्पसको पुरुष / महिला छात्रावासलाई व्यवस्थित गर्नका लागि छात्रावास समितिले यस क्याम्पसमा क्रियासिल सम्पूर्ण विद्यार्थी संघ/संगठनलाई छलफलमा बोलाई व्यवस्थित गर्ने निर्णय गरियो ।
निर्णय नं. ४ :
यस क्याम्पसमा अध्ययनरत विभिन्न तहमा अपाङ्ग विद्यार्थीको नामावली सार्वजनिक गर्ने निर्णय गरियो ।
निर्णय नं. ५ :
यस क्याम्पसबाट प्रकाशन भएको सूचना क्याम्पसको आधिकारिक फेसबुक पेज र वेवसाइटबाट प्रकाशित हुनु पर्ने र क्याम्पसको नाम राखेर खोलिएका अनाधिकृत सामाजिक संजालहरुलाई बन्द गर्नका लागि सात दिन भित्र सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरियो ।
निर्णय नं. ६:
यस क्याम्पसको आर्थिक कारोबारलाई व्यवस्थित गर्नको लागि प्रत्येक विद्यार्थीको व्यक्तिगत इन्ट्री तथा सबै खालको बैकिङ सुविधा दिने गरी क्याम्पस हाता भित्र बैंक काउन्टर स्थापना गर्नका लागि वीरेन्द्रनगरमा सञ्चालन भईरहेका ‘क’ वर्गका बैंकहरूसँग छलफल र समन्वय गरि यथासक्य छिटो कार्यान्वयन गर्ने निर्णय गरियो ।
निर्णय नं. ७:
यस क्याम्पसको आम्दानी र खर्चलाई मासिक प्रतिवेद तयार गरि प्रत्येक त्रैमासिक रूपमा सरोकारवालाको विचमा सुनवाई गर्ने निर्णय गरियो।
निर्णय नं. ८ :
यस क्याम्पसमा रहेको E-Library लाई क्रियासिल बनाई क्याम्पस‌मा अध्ययनरत विद्यार्थीको T.U. को आधिकारिक MS. ED बनाई T.U को Central Library मा जाेडिने व्यवस्था गर्ने निर्णय गरियो ।
निर्णय नं.९ :
यस क्याम्पसको E-Library लाई व्यवस्थित गर्न नयाँ computer लगायत भवनको व्यवस्था गर्न स्रोतको खोजी गर्नका लागि क्रियाशिल, विद्यार्थीहरू सहितको समिति ३० दिन भित्र बनाउने निर्णय गरियो।
निर्णय नं. १० :
यस क्याम्पसको प्रत्येक शाखाको परिचय खुल्नेगरी संकेत बोर्ड व्यवस्थित गर्नुको साथै वडापत्र अनुसारको सांकेतिक नक्सा राख्ने निर्णय गरियो ।
निर्णय नं. ११:
यस क्याम्पस‌मा अध्ययन गर्ने नियमित विद्यार्थीको हकमा रजिष्ट्रेशन फारम, परीक्षा फारम भर्न छुटभई दोब्बर दस्तुर तिर्नुपर्ने अवस्था भएमा उक्त फारमको शुल्क समायोजन गर्ने निर्णय गरियो ।
निर्णय नं. १२:
क्याम्पस‌मा अध्ययनरत गरिब, जेहेन्दार, अशक्त विद्यार्थीहरूलाई तोक आदेशमा दिइएको शुल्क मिनाहा सम्बन्धमा विस्तृत छलफल गरि अब आइन्दा त्रि०वि० को कार्यविधि लगायत सम्पूर्ण विद्यार्थी संघ / संगठनको उपस्थिति भएको समिति मार्फत छात्रावृत्ति दिने निर्णय गरियो ।
निर्णय नं. १३:
यस क्याम्पसमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूका लागि अनुकुल शौचालय निर्माणका लागि आवश्यक स्रोतको खोजी गर्न यस क्याम्पसमा क्रियाशिल विद्यार्थी संघ/संगठन सहितको समिति निर्माण गर्ने निर्णय गरियो।
निर्णय नं. १४:
यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीका लागि व्यवस्थित खेल मैदान र पर्याप्त खेलकुद सामाग्री समुचित व्यवस्था गर्ने निर्णय गरियो ।
निर्णय नं. १५:
गुणस्तर सुनिश्चितताका लागि पाँच वार्षिय गुरु योजना तयार गरि चरणगत कार्यक्रमहरू कार्यान्वयन गरिनु पर्ने निर्णय गरियो ।
निर्णय नं. १६ :
यस क्याम्पसमा सम्पूर्ण पठनपाठन विहानी शिफ्ट (६-१० बजे मा भएको र क्याम्पस प्रशासन दिवा शिफ्ट (९ :३० – ४:३० बजे मा भएको सम्बन्धमा क्याम्पस प्रशासनले विद्यार्थीहरूको हक हितमा कति लाभदायक / प्रभावकारी छ त्यसको लिखित जानकारी गराउनु पर्ने निर्णय गरियो ।
निर्णय नं. १७:
यस क्याम्पसमा शै.स. २०७९/०८० मा प्रवेश परीक्षा नदिएर भर्ना भएका विद्यार्थीहरुको पहिचान गरि भर्ना गर्ने व्यक्तिलाई आवश्यक कारवाही गर्ने निर्णय गरियो ।
निर्णय नं. १८ :
यस क्याम्पसको प्रयोगात्मक परीक्षामा सम्मिलित परीर्थीहरूकाे परीक्षा दिएपनि रिजल्टमा अनुपस्थित देखिने गरेको सन्दर्भमा आवश्यक छानबिन गरि सुधार गर्न पहल गर्ने निर्णय गरियो ।
निर्णय नं. १९ :
यस क्याम्पसको गुणस्तर वृद्धि विकासमा र विद्यार्थीहरुको सरोकारका विषयका सन्दर्भमा स्व.वि.यू. लगायत यस क्याम्पसमा क्रियाशिल सबै संघ संगठनहरूलाई सहभागी गराउने निर्णय गरियो ।
निर्णय नं. २०:
यस क्याम्पसको आम्दानी शाखामा भएको रकमको हिनामिना सम्बन्धमा त्रि० वि० रजिष्ट्रारको कार्यालयवाट आएको छानविन समितिले जति वर्षको आम्दानी छानबिन गर्दछ त्यति नै वर्षको खर्च पनि छानबिन गर्नका लागि माथिल्लो निकायमा मिति २०८०/५/३१ गते पत्राचार गर्ने निर्णय गरियो ।
निर्णय नं. २१:
यस क्याम्पसमा संचालन भएका सम्पूर्ण तहका कक्षालाई प्रविधि मैत्री बनाउदै लैजाने र यस आर्थिक वर्षमा कम्तिमा एउटा कक्षालाई प्रविधि मैत्री बनाउने निर्णय गरियो ।
निर्णय नं. २२ :
क्याम्पस प्रमुख, क्याम्पस प्रशासन र आन्दोलनरत संयुक्त विद्यार्थी संघ/संगठनहरु बीच भएको वार्तामा गरिएको सहमती अनुसार क्याम्पस प्रशासनमा लगाइएका सम्पूर्ण ताला आन्दोलनरत संयुक्त विद्यार्थी संघ संगठनहरुले आजको मितिमा खोल्ने निर्णय गरियो ।
माथि उल्लिखित सम्पूर्ण सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न क्याम्पस प्रशासन प्रतिबद्ध रहनेछ । माथिका सम्पूर्ण माग हरु समय सिमा भित्र कार्यनयन नभएमा संयुक्त विद्यार्थी संगठनले आगामी दिनहरूमा फरक ढंगले आन्दोलन गर्नेछ ।
तपाईको प्रतिक्रिया