जलेको अवस्थामा भेटियो आमा छोरीको शव

सुर्खेत । सल्यानमा आमा छोरीको शव जलेको अवस्थामा फेला परेको छ । त्रिवेणी गाउँपालिका–२ काँरागिठीमा आमा छोरीको शव जलेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका हुन् ।



काँरागिठीमा रहेको एक तल कच्ची घरमा बस्दै आएका २८ वर्षीय रेवती थापा र उनकी छोरी रितुको शव जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख (प्रहरी नायव उपरीक्षक) नविन कार्कीले नेपालकर्मलाई जानकारी दिए । स्थानीयले ग्यास चुहावटहुँदा आगो लागेको हुनसक्ने अनुमान गरेपनि जलेकै अवस्थामा भेटिएपछि थप अनुसन्धान भइरहेको कार्कीको भनाई छ ।

ईलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक रेशम पौडलसहित प्रहरी चौकी काभ्राबाट घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ । एक तले कच्ची घरमा आमा छोरी एक्लै बस्दै आएको र घटना के कति कारणले भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालिसकेको प्रहरी नायव निरीक्षक कार्कीको भनाई छ ।

तपाईको प्रतिक्रिया