दैलेखमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दुल्लु नगरपालिका–२ आँपको रुखस्थित भित्री सडक खण्डबाट स्याला तर्फ जादै गरेको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।



नम्बर नखुलेको ट्याक्टरका चालक दुल्लु नगरपालिका–२ पालिका २५ वर्षिय धर्म महतको घटना स्थलमै मृत्यु भएको हो । कर्णाली लिप्टिङ खानेपानी आयोजनाको सामाग्री पु¥याएर फिर्ता हुँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार वर्ष २५ को भुपेन्द्र साउद र बर्ष ११ को रमित साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक सिंह विष्टले जानकारी दिए । घाइते भुपेन्द्र साउदको खुट्टामा गम्भिर चोट लागेको छ ।

तपाईको प्रतिक्रिया