सुर्खेत । कर्णाली प्रदेशसभामा पूर्व राज ज्ञानेन्द्र शाहको सवारीका विषयमा कुरा उठाइएपछि सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका छन्। राप्रपा सांसद सन्तोषी शाहीले भोलि शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको सवारी सुर्खेतमा हुने विषय संसदमा उठाएपछि सत्ता पक्षका सांसदले आपत्ति जनाएका हुन्।

शुक्रबार बसेको कर्णाली प्रदेश सभाको बैठक सुरु भएको करिब एक घण्टाको समयमा राप्रपा सांसद सन्तोषी शाहीले पूर्व राजा ज्ञानेन्द्र शाहको बारेमा बोलिन्। सांसद शाहीले कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको तेस्रो बैठकमा पूर्व राजा शाहलाई सम्बोधन गरेपछि एकछिन प्रदेश सभामा हंगामा भएकाे हाे। सांसदहरुले राप्रपा सांसद सन्तोषीले बोलेको कुरालाई लिएर बीच–बीचमा विरोध जनाए।

सांसद शाहीले सम्बोधन गर्दै भनिन्, ‘मेरो पार्टी राष्ट्रिय प्रजातन्त्रको तर्फबाट मिती २०८० जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सवारी हुने लाग्नु भएका बडामहाराजाधिराज सरकार ज्ञानेन्द्र वीरविक्रम शाहदेव, बडामहारानी कमलराज्य लक्ष्मीदेवी शाह, युवरागी हिमानी शाह लगायत मौसुफ भ्रमण टोलीमा सहभागी सबै पाहुनाहरुलाई म कर्णालीवासीको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहान्छु।’
त्यतिकैमा पछाडीबाट टेबुल बजेको आवाज आयो। सभामुख नन्दा गुरुङले के होला माननीय ज्यु भन्दै प्रश्न् गरिन्? ‘कुन नियम अन्र्तगत हो माननीय सदस्यज्यू स्पष्ट पार्दिनुहोस्।’ सभामुख गुरुङले भनिन्।
त्यतिबेला रोष्ट्रम सांसद सन्तोषी शाही मुसुमुसु हाँस्दै थिइन्। नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टले सांसदहरुले प्रदेशको सभामा नेपालको संविधान भित्र रहेका विभिन्न छलफल, बहस गतिविधि गरिँदै आएको बताए। उनले भने, ‘नेपालको संविधानले श्री पाँच बडामहाराजधिराज, बडामहारानी भनेर कहिल्यै पनि बुझ्दैन, चिन्दैन्, जान्दैन्। संविधानले नचिनेका, नजानेका कुराहरु आज यो हाम्रो सम्मानित प्रदेश सभामा बडामहाराजधिराज र बडा महारानी भनेर सम्बोधन हुने र बेला–बेलामा भईराख्ने जुन भइरहेको छ। यसमा म सभामुखमार्फत आपत्ति जनाउन चाहान्छु।’
साथै सांसद विष्टले यस्ता प्रकारका शव्दावलीहरु रेर्कडबाट हटाउन समेत माग गरे।

सांसद सन्तोषी शाहीले ‘सभामुख महोदय’ भन्दै गर्दा फेरी नेकपा एमालेका सांसद विनोदकुरमार शाहले उक्त विषयमा सांसदहरुले निमावापत्ति गरिसकेपछि त्यसको प्रोसेशमा जानुपर्ने बताए। उनले भने, ‘सांसदले बोल्न रोक्नुपर्छ। तपाईंहरुले आफ्नो निर्णय दिएर माननीय सदस्यले माग गरेको कुरालाई पुरागर्नुहोस्।’
त्यसपछि सांसहरुबीच एकपट्क छलफलपछि अनुमति लिएरै बोल्नुपर्ने भन्दै सांसद सन्तोषी शाहीले अनुमति लिएर ११ गतेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको कर्णाली प्रदेश विनियोजन विधेयक २०८० : बजेटका प्राथमिकता, नीति र सिद्धान्तबारे आफ्ना धारण व्यक्त गरेकि थिइन्।
त्यसपछि सभामुख गुरुङले बोल्दै गरेकी सांसद सन्तोषी शाहीले रोकेर प्रदेश सभा सदस्यहरुले उठाएको निमापत्तिमा सभाको ध्यानआर्षण भएको बताइन्। उनले भनिन्, ‘छलफलमा सहभागी सबै माननीय सदस्यहरुलाई नेपालको संविधान र प्रदेश सभाको निमावलीको मर्यादा बमोजिम धारण राख्न आर्गह गर्दछु। सभालाई असान्र्दभिक लागेका कुरा निमावली बमोजिम हुने कुरा छर्लङ गर्दछु। रुलिङ गर्दछु।’
सभामुख गुरुङले उक्त कुरा राखिसकेपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले निमावपत्ति पहिलो कार्यालयकामा नभएको बताए। उनले भने, ‘प्रदेश सभामा यो विषयले हिजो र आज प्रवेश पाएको छ। सचिवालय अलमलिएको कारणले गर्दा सुझाव दिएर सहयोग ग¥यौ भन्ने कुरा हो। निमावलीको हवला दिनै पर्दैन् सभामुख महोदय यसमा। निमावपत्ति गर्दा जे माग गरेको छ। त्यहीँ कुरा कोड गरेर रेर्कडबाट हटाउने कुरा सभामुखलाई उक्तयुक्त लाग्छ भने त्यो कुरा भन्नुपर्छ।’
भिडिओ

नेपाल कर्म । १२ जेष्ठ २०८०, शुक्रबार १९:०७