एमयु साहित्य समाजले देवकोटा स्मृति साँझको आयोजना गर्दै

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले महाकवि देवकोटा स्मृति साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ। शुक्रबार (भदौ २९) गते साँझ साढे ५ बजेदेखि विश्वविद्यालयको सभा कक्षमा कार्यक्रम हुने भएको हो।



उक्त साहित्य समाजका अध्यक्ष दिपक उपाध्यायले महाकवि लक्ष्मीप्रसाद देवकोटा दिवंगत भएको दिनको सम्झानामा कार्यक्रम गर्न लागिएको जानकारी दिए।

उनकाअनुसार महाकवि देवकोटा स्मृति साँझमा कविता वाचनका लागि डा. महेन्द्रकुमार मल्ल, बासुदेव पाण्डे ‘प्रभाकर’ र नेपाली महाकाव्य परम्परा र देवकोटाका लागि डा. दिपक गौतमको प्रस्तुति रहनेछ।

तपाईको प्रतिक्रिया