दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बिहिबार साँझ परेको चट्याङ लागेर गाउँपालिका–१ खरिगैरा बस्ने ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक शिव विष्टले चट्याङ लागेर घाईते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जानकारी दिए।

यस्तै, चट्याङ लागेर अन्दाजी १६ जना घाइते भएका प्रहरीले जनाएकाे छ।


नेपाल कर्म । २८ भाद्र २०८०, बिहीबार २२:०६