एमाले कर्णाली प्रदेश अधिवेशनमा पाँच सय ५० प्रतिनिधि सहभागि हुने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको असोज १० र ११ गते सुर्खेतमा हुने प्रथम प्रदेश अधिवेशनमा पाँच सय ५० प्रतिनिधि सहभागी हुने भएका छन् । भदौ ३० गते प्रतिनिधि छनौट गर्नेगरी एमालेले तयारी थालेको छ । कर्णाली प्रदेशका दश ओटा जिल्लाबाट कुल पाँच सय ५० जना प्रतिनिधि सहभागि हुँदा सुर्खेतबाट मात्रै एक सय १२ जना प्रतिनिधि छानिन लागेका हुन् । सुर्खेतबाट खुल्लातर्फ ३० महिला, ५६ पुरुष छानिँदा दलिततर्फ नौ महिला र १८ पुरुष गरी एक सय १२ जना छानिने भएका छन् ।



सुर्खेतमा आठ हजार पाँच सय ५५ जना संगठित सदस्य रहेको र सोही आधारमा ती प्रतिनिधि छानिन लागेको एमालेले जनाएको छ ।.सुर्खेतपछि जाजरकोटबाट प्रतिनिधि छानिने छन् । जाजरकोटबाट ७५ जना प्रतिनिधि चयन भएर आउन लागेका हुन । जाजरकोटमा पाँच हजार तीन सय ७६ जना संगठित सदस्य रहेकोमा खुल्लाबाट महिला १८, पुरुष ३८ एवम दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि छानिएर आउन लागेका हुन् ।

यस्तै, दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष छानिने छन् । दलिततर्फ पाँच महिला र आठ पुरुष गरी ७२ जना छानिने छन् । दैलेखमा एमालेका संगठित सदस्य संख्या पाँच हजार सात सय एक रहेको छ । सल्यानबाट ६ महिला र १२ पुरुष खुल्लाबाट आउनेछन भने दुई महिला र तीन पुरुष दलिततर्फबाट आउने छन् । मुगुमा एमालेका दुई हजार चार सय ७८ जना संगठित सदस्य रहदा खुल्ला महिलातर्फ आठ, पुरुषतर्फ १७ जना छाँनिदा दलिततर्फ दुई महिला र ६ पुरुष गरी जम्मा ३२ जना प्रतिनिधि छानिने छन् ।

हुम्लाबाट ४८ जना प्रतिनिधि छानिएर आउने भएका छन् । चार हजार एक सय ९२ जना संगठित सदस्य रहेको हुम्लामा १३ महिला २९ पुरुष खुल्लातर्फबाट आउनेछन् भने दलिततर्फबाट दुई महिला र चार पुरुष गरी कुल ४८ जना छानिएर आउने भएका हुन । कालिकोटबाट ६५ जना प्रतिनिधि छानिएर आउने भएका छन् । जसमा १६ महिला, ३३ पुरुष खुल्लाबाट आउनेछन भने दलिततर्फबाट पाँच महिला र दश पुरुष गरी कुल ६५ जना छानिएर आउनेछन् । यहाँ चार हजार नौ सय ७८ जना संगठित सदस्य रहेका छन् ।

तीन हजार आठ सय ६६ संगठित सदस्य संख्या रहेको जुम्ला जिल्लाबाट ४६ जना छानिएर आउने भएका हुन । १३ महिला, २५ पुरुष खुल्लाबाट छानिँदा दलिततर्फबाट दुई महिला र ६ पुरुष गरी ४६ जना छानिने छन् । तीन हजार चार सय ३४ जना संगठित सदस्य रहेको डोल्पाबाट ३९ जना प्रतिनिधि आउन लागेका छन् । प्रदेश अधिवेशनका लागि ११ महिला, २३ पुरुष खुल्लाबाट र तीन पुरुष, दुई महिला दलिततर्फबाट आउन लागेका हुन ।

सल्यानबाट ३८ प्रतिनिधि सहभागि हुनेछन् । दुई हजार नौ सय ७८ जना संगठित सदस्य रहेको यो जिल्लाबाट महिलातर्फ आठ, पुरुषतर्फ २२ र दलिततर्फ महिला दुई र पुरुष ६ जना गरी ३८ जना प्रतिनिधि छानिएर आउने एमाले प्रदेश कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया