सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकामा तीज गीत प्रतियोगिता हुने भएको छ। कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ खुला तीज गीत प्रतियोगिता हुने भएको हो।
साथ हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजको अवसरमा पञ्चपुरी कला केन्द्र र वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.को सयुक्त आयोजनामा प्रतियोगिताको तयारी थालिएको छ।



भदौ ३० गते बाबियाचौरको रंगशालामा हुने खुला ती गीत प्रतियोगिता–२०८०को लागि टिमदर्ता शुल्क र टिमदर्ता गर्ने मिती पनि तोकिएको छ। जसमा टिमदर्ताका लागि १५५ रुपैयाँ र भदौ ३० गते बिहान ९ बजे सम्म गरिसक्नुपर्ने छ।
यस्तै, प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। प्रथम पुरस्कार ६ हजार रुपैयाँ, द्धितीय ४ हजार र तृतीय पुरस्कार २ हजार रुपैयाँ रहेको छ।

नेपाल कर्म । २७ भाद्र २०८०, बुधबार १८:५६