सल्यानबाट कुटपिट मुद्दामा फरार दम्पति पक्राउ

सुर्खेत । सल्यान प्रहरीले कुटपिट मुद्दामा फरार दम्पतिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ६ जनाको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो।



पक्राउ पर्नेमा शारदा नगरपालिका–१२ बस्ने ५६ को भोलाप्रसाद डाँगी र उनको श्रीमती ५२ वर्षीया लक्ष्मी डाँगी छन्।

जिल्ला अदालत सल्यानले कुटपिट सम्बन्धी मुद्दामामा उनिहरुलाई ५ हजार जरिवाना र १० दिन कैद सजाय तोकेको छ।

उक्त सजाय तोकेपछि भोलाप्रसाद डाँगी र लक्ष्मी डाँगी फरार रहेका थिए। उनिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया