सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट घरेलु हिंसा मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ४२ वर्षीय बसन्ती ढकाल हुन्।
उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ।
जिल्ला अदालत सुर्खेतको लगत नम्बर ३५९२ घरेलु हिंसा मुद्दामा दश हजार जरिवाना तोकिएपछि उनि फरार भएको प्रहरीले जनाएको छ।


उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

नेपाल कर्म । २७ भाद्र २०८०, बुधबार १७:२३