काठमाडौं लगियाे मेजर पण्डितको शव

सुर्खेत । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपती मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ । भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि मंगबार भेरी नदीमा फेला परको थियो ।



पण्डितको शव बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले जानकारी दिए ।

याे पनि

माछा मार्नेले फेला पारेका थिए वेपत्ता सेनाका मेजर पण्डितकाे शव

भदौ १० गते अपराह्न साढे ४ बजे इभिइनिङ वाकका लागि आफ्ना सुरक्षा गार्डलाई समेत निलिई हिँडेका मेजर पण्डितको शव मंगलवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करवगाडस्थित चिन्डेबगरनजिक भेरीनदीको किनारमा फेला परेको थियो । मेजर पण्डितको मृत्युको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया