सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास चन्द्र नेम्वाङप्रति एमाले कर्णालीले शोक व्यक्त गरेको छ। एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले एक वक्तत्व जारी गर्दै शोक व्यक्त गरेका हुन्।
इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा निर्वाचित नेम्वाङको यहीँ भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।
उक्त निधनले नेकपा एमाले कर्णाली प्रदेश कमिटी र सिंगो पार्टीपंति स्तब्ध भएको वक्तव्यमा उल्लेख गरिएको छ।

यस्तै, मुलुकको साझा व्यक्तितवका रुपमा परिचित, अत्यन्त शालिन, सरल एवं मृदुभाषी व्यक्तित्वका धनी स्वर्गीय नेम्वाङले नेपालको लोकतान्त्रिक संविधान निर्माणका क्रममा गरेको समन्वयकारी भूमिका अथक मेहनत, दृढ अडान र ओजपूर्ण प्रस्तुतिका कारण आम जनमानस र सिंगो राष्ट्रमा गहिरो छाप रहेको एमालेले कर्णाली प्रदेशले जनाएको छ।



नेपाल कर्म । २७ भाद्र २०८०, बुधबार ०८:१३