डोल्पामा एकजना पुरुषको शव फेला, मेजर पण्डित हुन सक्ने आशंका

सुर्खेत । डोल्पामा मंगलबार एक जना पुरुषको शव फेला परेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ६ खडाङ्गस्थित भेरी नदीमा पुरुषको शव फेला परेको हो । शवको पहिचान भने खुलेको छैन । उक्त शव १६ दिनदेखि हराइरहेका डोल्पास्थित नेपाली सेनाकाे नन्द बक्स गुल्मका गुल्मपति मेजर बिमल पण्डितकाे हुन सक्ने आशंका गरिएको छ ।



मंगलबार बिहानै स्थानीयले शव फेला परेको जानकारी दिए लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बुढाथोकीको नेतृत्वमा टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले जानकारी दिए । डिएसपीको टोलीले भेटिएको शव सदरमुकाम ल्याउँदैछ ।

भदौ १० गते अपरान्ह साढे ४ बजे इभिइनिङ वाकका लागि आफ्ना सुरक्षा गार्डलाई समेत निलिइ हिडेका मेजर पण्डित सोही दिनदेखि सम्पर्कविहिन भएका थिए । सम्पर्कविहिन भएको भोलिपल्टबाट खोजि थालेका सुरक्षा निकायले १६ दिनसम्म पनि पण्डित हराउनुको कुनै सुराकसम्म भेटाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया