डा. केसीद्वारा लिखित ‘शून्यकाे मूल्य’लाई १ लाख राशिकाे पुरस्कार

सुर्खेत । डा. नवराज केसीद्वारा लिखित कर्णालीका आमाहरुकाे संघर्षमा आधारित कृति ‘शून्यकाे मूल्य’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ।



२०७९ सालभर प्रकाशित कृति मध्येबाट ‘शून्यकाे मूल्य’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको बताइएको छ। पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ।

उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ।

याे वर्ष सृजनात्मक गैरआख्यान ‘शून्यकाे मूल्य’लाई दिने निर्णय गरिएको गुठीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया