नेम्वाङको अन्त्येष्टिमा सार्वजनिक विदा

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।




आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।

तपाईको प्रतिक्रिया