सुर्खेत । विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । रत्न राजमार्गको भेरीगंगा नगरपालिकाको मसिना नजिकै आज विहान स्कुल बस दुर्घटनामा परेको हो ।


सत्तरीबाट विद्यार्थीहरु लिएर छिन्चुतर्फ जाँदै गरेको बसको स्ट्रिङ फेल भएर दुर्घटनामा परेको प्रारम्भीक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । सवारी चालकले सावधानी अपनाउँदा ठूलो क्षती हुनबाट जोगिएको प्रहरीको भनाई छ । उक्त बस छिन्चुमा रहेकाे हाेप एकेडेमीकाे रहेकाे प्रहरीले जनाएकाे छ ।


नेपाल कर्म । २६ भाद्र २०८०, मंगलवार १०:४३