सिपाही बलियो भए सेना र देश बलियो हुन्छ : पृतनापति भट्ट

सुर्खेत । नेपाली सेनाको सुर्खेतस्थित उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी कृष्णदेव भट्टले नयाँ तालिम प्राप्त गरेका सिपाहीलाईहरु बधाई तथा शुभकामना दिएका छन्।



भट्टले  सिपाहीहरुलाई बधाई तथा शुभकामना दिँदै सिपाही बलियो भए सेना बलियो हुने र सेना बलियो भए देश बलियो हुने भएकाले सिपाहीको काँधमा राष्ट्र र जनता तथा नेपाली सेनाप्रतिको जिम्मेवारी थपेको बताए।

साथै भट्टले ९ महिना तालिम प्राप्त सैन्यबाट ‘सिपाही’ दर्जामा नियुक्त भएका सिपाहीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको गौरवमय छवि रहेकोले त्यो गौरव कायम राख्न निर्देशन दिए।

उत्तरपश्चिम पृतना हेडक्वाटरमा संचालन भएको सि.स २ तथा कालीबहादुर गणमा संचालित सि.सं. ३५ सैन्य आधार तालिमको दलेल कवाज कार्यक्रम भएको थियो।

पृतना हेडक्वाटरमा संचालन भएको सि.सं. बाट कन्चनपुरका गोपालसिंह भण्डारी र कालीबहादुर गणबाट सुर्खेतका बिमल बुढा सर्वोत्कृष्ट घोषित भएका छन्।

तालिमका विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको कालीबहादुर गणका गणपति शैलेन्द्र सिलवालले बताए। १ सय ८८ जना सिपाहीले सैनिक जीवनको सुरु गरेका छन्।

तपाईको प्रतिक्रिया