वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालनई पक्राउ गरेको छ। नगरपालिका–४ बाट ३७ वर्षीय कमल मल्ललाई पक्राउ गरेको हो।
लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले मल्लको साथबाट लागूऔषध (ब्राउनसुगरं) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।
उक्त पदार्थ ४० मिलिग्राम रहेको छ।


उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको जनाएको छ।

नेपाल कर्म । २५ भाद्र २०८०, सोमबार १४:४४