कर्णाली नदीमा फसेका बालककाे सात घण्टापछि उद्दार

सुर्खेत । माछा मार्न कर्णाली नदीमा गएका एक बालककाे सात घण्टापछि उद्दार गरिएकाे छ ।  हुम्ला र मुगु जिल्लाको बिचमा पर्ने कर्णाली नदीमा आइतबार दिउँसो ४ बजेदेखि फसेका बालकको मध्यराती उद्दार गरिएको हो ।



सोरु गाउँपालिका-४ लिबरु बस्ने १५ वर्षीय ईबु छत्याल माछा मार्न गएकाे बेला कर्णाली नदीले बगाएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकराी दिएकाे छ ।

उनलाइ नदीले बगाएर अदानचुली गाउँपालिका-१ काे मकै र मुगु जिल्लाको बिच नदीको टापुमा फसेका थिए । फसेकाे खवर पाए लगत्तै अस्थायी प्रहरी चौकी तुम्चबाट खटिएका प्रहरी सहायक निरीक्षक खडकबहादुर थापासहित टाेली र स्थानीयकाे सहयाेगमा आइतबार ११ बजे सकुशल उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया