चट्याङ्गले रेडियो बिजी एफएममा लाखौ क्षती, प्रशारण बन्द

सुर्खेत । सोमबार विहानदेखि सुर्खेत आसपासमा मेघगर्जनसहित बर्षासंगै परेको चट्याङ्गले रेडियो बिजी एफएममा लाखौ क्षती पुगेकाे छ । रेडियो प्रशारण भैईरहेको सयमयमा विहान ११ः१७ बजे चट्याङ्ग परेपछि प्रशारण बन्द भएको हाे ।



फायल तस्वीर ।

रेडियोको मुख्य उपकरणमै चट्याङ्गले क्षती पुर्याएपछि लाखौ क्षतीसंगै प्रशारण अनिश्चित भएको रेडियोको म्यानेजर दिलिप कँडेलले जानकारी दिए । बर्षासँगैको चट्याङ्गले रेडियोको उपकरण ट्रान्समिटर, डायपोल, एसटि लिङ्क, डिभाईडर र कनेक्टर तारमा क्षती भएको छ ।्र

रेडियो टावरमा बिहान दुई पटक चट्याङ्ग परेको थियो । चट्याङ्गबाट रेडियो प्रशारणका मुख्य पाँच वटा उपकरणमा क्षती हुँदा करिव ११ लाख रुपैँया बराबरको क्षती भएको रेडियोको निर्देशक टेकेन्द्र बस्यालले जानकारी दिए ।

उपकरणमा आगलागीसहित क्षती भएपछि प्रशारण बन्द गरिएको छ । बर्षा जारी रहेकोले रेडियोको उपकरण क्षतीको अवस्था जाँच गर्न सकिएको छैन । बर्षात रोकिएपछि क्षती भएको सामानको प्राविधिक चेकजाँच र परीक्षण गरिने छ ।

प्रहरी चौकी जहरेबजारको टोलीले रेडियो प्रशारण र क्षतीको स्थलगत जानकारी लिएको छ । स्थानीय सरकार वडाका प्रतिनिधीले समेत रेडियोको क्षतीको निरीक्षण गरेका छन् ।

रेडियो बिजी एफएमको गुर्भाकोट डाडास्थित रिले प्रशारण जडित उपकरणमा समेत क्षती भएको छ । सोमबार विहानदेखिको मेघगर्जनसहित परेको चट्याङ्गले जहरेबजारस्थित साना किसान सहकारीको उपकरणमा समेत क्षती पुर्याएको हाे । सहकारीको कम्प्युटर, युपिएस, पंखा, ब्याकअप, विद्युतीय तारहरु जलेर क्षती भएको छ ।

तपाईको प्रतिक्रिया