पूर्व राजालाई सुर्खेतमा अभिनन्दन गरिँदै

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुर्खेतमा अभिनन्दन गर्न लागिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भव्य रुपमा अभिनन्दन गर्ने तयारी गरेको हो ।



शनिवार दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिकहरुकाबाट अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले नेपालकर्मलाई जानकारी दिए । कार्यक्रममा शाह सहभागी भएपछि स्वागत मन्तव्य राख्ने र गिरीले राजालाई अभिनन्दन पत्र प्रदान गर्ने कार्यतालिका छ । त्यसपछि संघसंस्थाले अभिनन्दन गर्नेछन् । कार्यक्रममा पूर्व राजा शाहले सम्बोन्धन गर्ने कार्यतालिका समेत रहेको संयोजक गिरीले बताए ।

उनी जहाज वा हेलिकोप्टरबाट सुर्खेत आउने बताइएको छ । तर अहिले नै अन्तिम टुंगो लागिसकेको छैन् । तर पूर्व राजा शाह आउने मुख्य रुट विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा र राजाको तस्वीरले सजाइएको छ । उनी सुर्खेतमै बस्ने वा फर्किने भन्ने एकिन भइनसकेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया