११ दिनदेखि सम्पर्कवहिन छन् कालिकाेटका रतने बोहोरा

सुर्खेत । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवका ६५ वर्षका रतने बोहोरा(महान) हराएको ११ दिनसम्म फेला परेका छैनन् । व्यापारको शिलशिलामा नरहरिनाथ गाउँपालिका–८ को खुलालु बजारमा बस्दै आएका ६५ वर्षीया बोहोरा भदौं १५ गते साँझ हराएका थिए ।




१५ गते साँझ हराएका बोहोरा अझैँसम्म फेला पर्न नसकेको बोहोराका ज्वाँई मनिष देउवाले जानकारी दिए । ‘हामीले धेरै ठाउँमा खोजी गर्यौं । आजसम्म ससुरा फेला पार्न सकिएको छैन् ।’ उनले भने,‘हामीले आफन्तकोमा हुनुहोला भनेर प्रहरीका पनि खबर गरेनौं ।’
ज्वाँई देउवाका अनुसार सबै ठाउँमा खोजी गर्दा पनि नभेटिएका कारणले कसैले देखेमा खबर गर्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया