लागूऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। गुर्भाकोट नगरपालिका–७ मेहलकुना बस्ने अन्दाजी १९ वर्षीय विकाश बादीलाई प्रहरीले पक्राउ गरेको हो।



उनलाई जिल्ला अदालत सुर्खेतको लागत नम्बर ३१४५/७८–०७९–०००४१ को लागूऔषध मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी मेहलकुनाबाट खटिएको ४ जनाको प्रहरी टोलीले बादीलाई गुर्भाकोट नगरपालिका–७ कै गोचेखोला गाउँमा फेला पारी नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया