सुर्खेत । ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने मूल नाराका कर्णालीमा आत्महत्या रोकथामका लागि अभियान थालिने भएको छ । विश्व आत्महत्या दिवसका अबसरमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय आयोजना गरेको कार्यक्रममा अभियान थालिने बताएका हुन ।

कर्णालीमा प्रदेशमा आर्थिक वर्ष २०७९/०८१ मा २७३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी १०९ ले आत्महत्या गरेको सामाजिक विकास मन्त्रालयका कार्यरत सामुदायिक नसिङ्ग अधिकृत कविता खत्रीले जानकारी दिइन् । ‘डोल्पा जिल्लामा आत्महत्या भएको छैन ।’ उनले भनिन्,‘सल्यानमा ४५, दैलेखमा ४४, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला चार जनाले आत्महत्या गरेका छन् ।’


आत्महत्या रोकथाम र नियन्त्रणका लागि मनोसामाजिक नियन्त्रण सम्बन्धि कार्यबिधि नै ल्याएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका आपुर्ति महाशाखाका निर्देशक डा.शक्ति सुवेदीले बताए । ‘अहिले कर्णाली प्रदेश सरकारले बिषेश कार्यक्रम नै सञ्चालन गरेको छ ।’ उनले भने,‘अहिले अभियानका बिभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन हुदैँछन ।’
बालविवाह, बढ्दो सहरीकरण, बेरोजगारी र गरिबी तथा समयमै औषधी उपचार नपाउनुका कारणले आत्महत्या गर्ने गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सुशिल समदर्शीले बताए । आत्महत्या रोकथामका लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख बिर्षबहादुर शाहीले बताए ।

नेपाल कर्म । २४ भाद्र २०८०, आईतवार १७:२५