कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

सुर्खेत । प्रहरीले विभिन्न मुद्दामा अदालतले कैद सजाय तोकिएका तर फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले वीरेन्द्रनगर, मेहलकुना र रुकुमपश्चिम प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।



बैंकिङ कसुर मुद्दाका फरार रहेका वीरेन्द्रनगर–६ का ३५ वर्षीय पुनम कोहरीलाई पक्राउ गरेको छ । उनी विरुद्द जिल्ला अदालत सुर्खेतमा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगर–४ शहिद पार्कबाट लागू औषध मुद्दामा फरार रहेका २९ वर्षीय लक्ष्मण भनिने तारा विकलाई पक्राउ गरेको छ । सात महिना ११ दिन कैदा सजाय फैसला अदालतले गरेपनि उनी लामो समयदेखि फरार रहेको प्रहरीको भनाई छ ।

विक विरुद्ध अदालतले २०७९ चैत्र १२ गते लागु औषध ब्राउन सुगर मुद्दामा कैद सजायको फैसला गरेको हो । गुर्भाकोट नगरपालिका-७ मेहलकुना बस्ने लागूऔषध ब्राउन सुगर मुद्दामा कैद सजाय ताेकिएकाे तर फरार रहेका १९ को बिकास बादीलाई प्रहरीले पक्राउ गरेकाे छ । यता, रुकुम पश्चिम अदालतले २ बर्ष ११ महिना ५ दिन कैद सजाय र १५ हजार जरिवना तोकेका हरीबहादुर बुढा पनि पक्राउ परेका छन् ।

आठविसकोट नगरपालिका–८ दाँजे बस्ने ३३ वर्षी बुढालाई ईलका प्रहरी कार्यालय आठविसकोट प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई अदालतमा उपस्थिति गराइसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया