सरकारले प्रभावकारी काम गर्न नसक्दा युवा विदेशीय जिफन्ट : अध्यक्ष विनोद श्रेष्ठ

सुर्खेत । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कर्णाली प्रदेशमा आवद्ध महिला तथा युवा श्रमिकहरुले आधारभूत आवश्यकताका लागि पूँजीवादले सिर्जना गरिरहेको गरिबी, मूल्यबृद्धि र चरम श्रमशोषणका विरुद्ध ट्रेड युनियन गतिविधिबाट समाजवाद प्राप्तिको आन्दोलनको रुपमा विकास गर्ने प्रतिवद्धता गरेका छन् ।



जिफन्ट कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम प्रदेश श्रमिक युवा तथा महिला भेलामा सहभागीहरुले सो प्रतिवद्धता जनाएका हुन् । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठले श्रमिक आन्दोलनको ईतिहास र राजनिति परिदृष्य बताए ।

श्रेष्ठले नेपालको जनसंख्या मध्ये सबै भन्दा धेरै मजदुर हुँदा पनि हरेक हिसाबमा श्रमिक नै पिडित हुनु परेको बताए । उनले हरेक बर्ष बैदेशिक रोजगारका निमित्त बिदेशिने युवाहरुलाई स्वदेश मै रोजगारी सृजना गर्नु पर्नेमा सरकारको कामले झन धेरै युवा बिदेशिन बाध्य बनाएको बताए।

कर्णाली प्रदेश भित्रका श्रमिकहरुको समस्या समाधान गर्न सबै कार्यकर्ताहरुलाई श्रेष्ठले निर्देशन दिंदै श्रेष्ठले जहाँ नेपाली श्रमिक हुन्छ त्यहाँ जिफन्ट हुनु पर्नेमा जोड दिए।  श्रेष्ठले डिजिटल प्रक्रियामाफर्त नेतृत्व विकासका प्रशिक्षण आयोजना गर्ने बताउँदै श्रमिकका लागी यो देशमा जिफन्टले मात्र परिवर्तन गर्न सक्ने बताए।

जिफन्ट उपाध्यक्ष एवम् महिला कमिटी अध्यक्ष सीता लामाले सीथिल समाजलाई ब्यूँझाउने साहस श्रमिक महिलामा भएकोले नेपाली श्रम बजारमा असल श्रम सम्बन्धको अभ्यासलाई जिफन्टले प्रणालीमा लैजान संघर्ष गरिरहेको बताए।

कर्णालीकी जिफन्ट पूर्व महिला नेतृ शान्ता खड्काले तपाईहरु एकजुट भएर काम गर्नुहोस्, संगठनलाई जति बलियो बनाउनु भयो त्यति पहुँचको बाटो खुल्ने भएकोले उत्प्रेरित भई लाग्न आग्रह गरिन ।

युवा कमिटी अध्यक्ष विकी श्रेष्ठले श्रमिक र नेपाली नागरिकहरु सचेत भएनन् भने सरकारमा रहेनेहरु भ्रष्टाचार र अपराधीक गतिविधिमा संलग्नता बढ्ने बताउँदै अग्रजहरुको आन्दोलनले ल्याएको प्राप्तिलाई व्यवहारिक रुपमा लागू गर्नका निमित्त तेस्रो पुस्ताका युवाहरुको जिम्मेवारी रहेको जोड दिए ।

श्रेष्ठले सबै श्रमिकहरु सम्मानित पर्ने र अपमानित हुनुपर्ने हो भने सरकारमा बसेर सरकारको ढुकुटी सिध्याउनेका छोराछोरीहरु अपमानित हुनुपर्ने धारणा राखिन् ।जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेज प्रकाश जिसीको अध्यक्षतामा सम्पन्न उक्त भेलालाई सम्बोधन गर्दै जिसीले श्रम बजारमा भइरहेको दलालमूखी अर्थतन्त्रका विरुद्धमा खरो रुपमा उभिन निर्देशन दिंदै युवा महिलाहरुको लागि जनमुखी, श्रममैत्री उत्पादन र रोजगारीको बृद्धि गरी श्रमिकहरुको सामािजक सुरक्षाको सु–प्रबन्ध सुनिश्चितता गर्न एजकुट भई लाग्नु पर्नेमा जोड दिए ।

जिफन्ट केन्द्रीय सदस्य चन्द्रा धामी, जिफन्ट प्रदेश इन्चार्ज नवराज सिंह, फिउन केन्द्रीय सदस्य पूर्ण के.सी., नाटु केन्द्रीय उपमहासचिव रत्नलाल न्यौपाने, केन्द्रीय सदस्य चुँडामणी वि.क., क्यूपेक नेपाल के.स.भिमप्रसाद न्यौपाने, नाबुनकी के.स.दुर्गा पि.एस.कोसमेत उपस्थिति र औपचारिक तथा अनौपचारिक क्षेत्रमा संलग्न श्रमिक युवा तथा महिलाहरु सहभागिता रहेको उक्त भेलालाई प्रदेश कमिटी सदस्य निम बहादुर बुढाले स्वागत र सञ्चालन प्रदेश कमिटी सचिव श्रीपाल सारु मगरले सञ्चालन गरेका थिए ।

भेलाले राजेन्द्र शर्माको अध्यक्षतामा ९ सदस्यीय युवा कमिटी र धर्मा सुवेदीको अध्यक्षतामा ९ सदस्यीय महिला कमिटी निर्विरोध निर्वाचित गरेको छ । युवा कमिटीको उपाध्यक्षमा यशोदा रोकाय, सचिव सविता धामी, सहसचिवमा तुल बहादुर शाही, सदस्यहरुमा मीना गौतम, डिल बहादुर खड्का, मिलन ढेंगा मगर, टीका सारु राना र किशोर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी महिला कमिटी उपाध्यक्ष राममाया भण्डारी, सचिव नन्दा राना, सदस्यहरुमा लक्ष्मी खड्का महत, अन्जली थापा, वविता खड्का, सुनिता न्यौपाने, निर्मला दर्लामी मगर र सुन्तली कामी निर्विरोध निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया