सुर्खेत । सुर्खेत पश्चिमको सालकोटमा विभिन्न संघ संस्थाको आयोजनामा गरिएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशखा सालकोटको समन्वयमा पञ्चपुरी नगरपालिका–२ सालकोटमा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान नै जीवनदान भएकाले यो सन्देश ग्रामिण भेगसम्म पु¥याउन कार्यक्रममको आयोजना गरिएको लायन्स क्लव अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीले जानकारी दिए । उनले ग्रामिण क्षेत्रमा धेरै जनाले रक्तदान कार्यक्रम गरेको यो नै पहिलो भएको बताए ।



कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्य, पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर विसी, लायन्स क्लब अफ इन्टनेश्नलका कलष्टर चिफ लायन्स दलबहादुर गुरुङ्ग, पञ्चपुरी नगरपालिका कार्यालय बाबियाचौरका योजना अनुगमन तथा प्रशासकिय अधिकृत चुडामणि कंडेल, सुर्यप्रकाश मा.वि. पलैटेका अध्यक्ष नबिनकुमार थापा, रेड्क्रसकर्मी तथा सुर्य प्रकाश मा.वि.का म्यानेजिङ्ग डाइरेक्टर गोकुल प्रसाद पाण्डे लगायतको सहभागिता थियो ।

नेपाल कर्म । २३ भाद्र २०८०, शनिबार १८:३९