जन्माेत्सवमा पत्रकार कँडेलद्वारा एक लाख राशीकाे अक्षय कोष स्थापना

सुर्खेत । जन्माेत्सवमा पत्रकार चिन्तामणी कंडेलले अक्षय कोष स्थापना गरेका छन् । नेपाल प्रेस युनियन सुर्खेत शाखाबाट वितरण हुनेगरी पत्रकार कंडेलले एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन्।



पत्रकार कंडेलले अक्षय कोषमा जम्मा गर्ने गरी चेक प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीलाई हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरणपछि बोल्दै उनले  अक्षय कोषबाट प्रत्येक वर्ष एकजना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने जानकारी दिए।

‘मैले १८ बर्षदेखि पत्रकारिता गर्दै आएको छु। उनले भने, “पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तीहरुका पिडा र समस्या मलाई थाहा छ, अझै कर्णालीमा पत्रकारिता गर्न झनै समस्या छ, त्यसैले मैले यो अक्षय कोषबाट थोरै भएपनि क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्न चाहान्छु, सम्मानित गर्न चाहान्छु।”

पत्रकार कंडेल सुर्खेतका विभिन्न मिडियामा १८ बर्षदेखि काम गर्दै आएका छन्। अहिले उनले आफ्नै स्वामित्वमा संचालित दर्शन खवर मिडिया संचालन गरिरहेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा बाेल्दै नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष विसीले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तीहरुलाई यो अक्षय कोषबाट दिइने पुरस्कारले प्रोत्साहन मिल्ने भन्दै पत्रकार कंडेलको उच्च प्रशंसा गरे।

सुर्खेतमा पत्रकारले नै पत्रकारका लागि स्थापना गरेको यो पहिलो ठुलो धनराशीको अक्षय कोष हो । यसैबीच महिला संघ सुर्खेका उपाध्यक्ष देबी भट्टराले युनियनको उत्थानको लागी एघार हजार एक सय एघार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेकी छन् ।

उनले थोरैं भएपनि पत्रकारहरुको हकहितको लागी आफुले सहयोग गर्ने घोषणा गरेको बताइन । युनियनले आयोजना गरेकाे तीज सद्भाव कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त, प्रेस युनियनका नेताहरु माया थापा, शुशिल शर्मा, प्रेस चौतारी, नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, फोटो पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोबिन्द केसी लगायत सुर्खेतमा सक्रिय रहेका महिला पत्रकारहरुको पनि उपस्थिति थियो।

तपाईको प्रतिक्रिया