सुर्खेत । नेपाल उद्योग तथा व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा भानुभक्त खड्कालाई निर्विरोध निर्वाचित गरिएको छ । वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले खड्काको अध्यक्षमा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गठन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा पुर्णप्रसाद जैसी र पहलसिङ बस्याल, सचिवमा ओम प्रकाश तिवारी, कोषाध्यक्षमा सृजना गुरुङ तथा उपसचिवमा महेन्द्रप्रसाद शर्मा, डम्बर गौतम र भुपेन्द्र सुनार चयन भएका छन् ।
यस्तै, सह–कोषाध्यक्षमा हरि प्रसाद पौडेललाई चयन गरिएको छ । सदस्यहरुमा भने, थानेश्वोर कँडेल, प्रेमकुमार श्रेष्ठ, कृष्ण धौलाकोटी, राम प्रसाद जैसी, लोक प्रसाद पाण्डे, पृथ्बी बहादुर रावत, हरिलाल खड्का, मनबिर धौलाकोटी, देबिराम बस्याल, रमेश खड्का, ललित कुमार श्रेष्ठ, र दुर्गा बस्याल रहेका छन् ।


सदस्यहरुमा गणेश बिसी, यामब श्रेष्ठ, पुर्णप्रसाद पाण्डे, टेकेन्द्र कँडेल, थानेश्वोर रेग्मी र देबिराम पौडेल छन् ।

नेपाल कर्म । २३ भाद्र २०८०, शनिबार १८:१९