यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखबाट दुई जना पक्राउ

सुर्खेत । दैलेखमा यौन व्यवसाय सञ्चालन गरेको आरोप दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेख जिल्लाको सदरमुकामस्थित होटल सञ्चालन गरिरहेका दुईवटा होटलका सञ्चालकलाई पक्राउ गरेको हो।



दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार प्रकाउ पर्नेमा ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल रहेका छन्।

नारायण नगरपालिका–८ ढकाने घर भएका न्यौपानेले आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार होटलबाटै उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्तै, आरती होटलका सञ्चालक कटुवालले पनि आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको सूचनाका आधारमा उनलाई बुधबार पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए।

उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया