अनुगमनमा गएकाे अख्तियारकाे टाेलिमाथी जाजरकोटमा आक्रमण

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजकारेटमा आक्रमण भएको छ । भेरी नगरपालिका–५ को निर्माणाधिन वडा कार्यालयको भवन निरीक्षण गर्न त्यहाँ पुगेको टोलीमाथि आक्रमण भएको हो ।



आक्रमणबाट एक जना घाइते भएको प्रहरीले बताएको छ । ‘निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोस रोक्काले भने,‘ आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’

अख्तियारको गाडी चालक मानबहादुर वीरेन्द्रनगर नगरपालिका–११ का हुन् । उनलाई मुक्काले हानी घाइते बनाइएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको रोक्काले बताए ।

उनका अनुसार घटनामा संलग्न सोही ठाउँका २४ बर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरिसकेको उनले बताए । भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न त्यहाँ पुगेको थियो ।

आवाश्यक कागजातहरुको कार्य गरिरहेको बेला एक्कासी आक्रमण सुरु भएको डीएसपी रोक्का बताउँछन् । उनीहरुले मापसे गरेको पनि प्रहरीले जनाएको छ । उनीहरुले सुरुमा वडा कार्यालयको कुर्सी लगायतका सामग्री तोडफोड गरेका थिए ।

तपाईको प्रतिक्रिया