सुर्खेत उद्योग वाणिज्यका अध्यक्ष कँडेल ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी’

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । फोकस नेपाल संस्थाको ११ औं वार्षिक उत्सवको अवसरमा आज काठमाडौंको भृकुटी मण्डपमा आजोजित कार्यक्रममा अध्यक्ष कँडेललाई ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान– २०८०’ बाट सम्मानित गरिएकाे हाे ।



कँडेललाइ नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राष्ट्रिय उत्कृष्ट व्यवसायीका रूपमा सम्मान गरिएकाे छ ।

लामो समयदेखि उद्योगी, व्यवसायी तथा समाज सेवामा निरन्तर सेवा पु¥याउँदै आएका अध्यक्ष कँडेलले उद्योगी, व्यवसायीहरुको हक हित र कर्णाली प्रदेशको विकास एवं विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न अटोमोवाइल्स, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत योगदान पु¥याए वापत राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान– २०८० बाट सम्मानित गरिएको फोकस नेपालले जनाएको छ ।

कार्यक्रममा फोकस नेपालले अध्यक्ष कँडेलसहित अन्य विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको हो । यस्ता सम्मान तथा प्रोत्साहनले उद्योगी, व्यवसायीहरुको हक, हित र कर्णाली प्रदेशको विकास एवं समृद्धिका लागि अगाडि बढ्न थप हौसला मिलेको अध्यक्ष कँडेलले जनाए ।

तपाईको प्रतिक्रिया