सुर्खेत । नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटी दैलेखले विरोध जनाएको छ। स्थानीय सरकारले गरेको कामका विषयमा लिएर विरोध जनाएको हो।
एमाले गाउँकमिटीले शुक्रबार विरोध ¥याली निकाल्दै गाउँपालिकाको कार्यालय घेराबन्दी गरेको छ।


पालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्न नसकेको, अधिकाशं विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरु हटाएको भन्दै एमालेले विरोध जनाएको छ।

एमालेले ठाँटीकाँध गाउँपालिको कार्यालयले पार्दशिक ढंगले विधि नपु¥याएर बजेट पारित गर्न नसकेको, शिक्षकहरुमाथि राजतीनिक गरेको र विकास निर्माणका काम जनविरोधी तरिकाले गरेको भन्दै विरोध सभा गरेको हो।
उक्त विरोध सभामा पालिका कमिटी अध्यक्ष कुमारविक्रम शाही, प्रदेश कमिटी सदस्य धीरबहादुर शाही लगायतका नेताहरु सहभागी रहेका थिए।

नेपाल कर्म । २२ भाद्र २०८०, शुक्रबार १६:४२