जीवनको खडेरीमा अभावको झरी, मुस्कानको उपहार

अन्टार्क्टिका जस्तै एक्लो भ्याटिकन्सिटी जस्तै शुषुक्त जीवनभित्र प्रशान्त भन्दा विशाला मारियाना ट्रेन्च भन्दा गहिरो भूमध्य रेखिय हावा पनि जस्तो सदावाहार जीवनको खोजी चलिरहेछ। क्यारिबियन सागर जस्तो पसिनाको स्वाद शुष्क हविगत सर्वस्व निहित छ।



चाहे जो सुकै होस् आवश्यकताका विन्दुहरु मेटिँदै जान्छन तर, नयाँ माग आइरहन्छ चाहानाले आँकुरा हाल्दै जान्छन्। रहर पूरा गर्न व्यक्तिगत जीवनमा जहर मिसाएर सार्थकताको खोजी गर्न अभावको झोली बोकिरहेछ मनुवा।

अफ्रिका महादेश जस्तो भविष्य, सहारा जस्तो उजाडिलो मनभित्र सुपेरियर तालको जस्तो भविष्यको खोजिमा निरन्तर देखिने लगाव र झुकाव नै जीवन रहेछ। भविष्यलाई औल्याउँदै मुटु चिस्याउने, भर्खो यानस्क भन्दा जटिल सिरेटाहरु निदाउन नदिइ रहेका रातमा सपनामा समेत निथ्रुक भिजाउने जेकोवावादको भन्दा ताता अनुभवहरु सबै खुसिका साधन बन्ने गरेपछि बल्ल अनुभुती सुरु हुन्छ। अरुण उपत्यका जस्तै दविएका आकांक्षा सगरमाथा भन्दा अग्लो कल्पनाहरुलाई संयुक्त गराउन फलामे चिउरा भन्दा सहज त कहाँ छ र ?

उड बफेलो नेसनल पार्क जस्तै सपनालाई संरक्षर गरेर राख्ने ठाउँ किन बनेन ? मौनालोवा जस्तो जीवन भएपो एक बारको जुनि निभ्न लागेको दियो भन्दा फरक पर्दैन। लाउँलाउँ खाउँखाउँ भनेकै कुरा पूरा गर्न नपाइ आयुनै सकिएको पत्तै हुदैन्। एउटा पहाड चडे पछि बल्ल पत्तो हुने रहेछ चढ्न त अझै अर्को पहाड बाँकी नै रहेछ। यात्रामा हिडेको यात्रीलाई समेत थाहा छैन्।

लाग्छ आफ्नो अगाडिको एउटा घुम्ती पार गरे पश्चात् गन्तव्य भेटिन्छ। आफ्नो अगाडीको गाडी लाई ओभरट्याग गरे पछि आफू अघि भइन्छ। उसलाई त्यस पछि मात्र थाहा हुन्छ जब एक घुम्ती पछि पुन अर्को डाँडा देखिन्छ अर्को घुम्ती जोडिन्छ। आफ्ना अगाडि त अझै कैयौं गाडीहरु देखिन्छन्। यात्रा त अझै बाँकी रहेछ। जतिनै गाडिलाई ओभरट्याग गर्दा पनि म अगाडि हुन नसक्ने रहेछु। समयले डोहोर्‍याई रहेको छ।

नाइल जस्तै आयु होस त रकेटको भन्दा तिब्र गतिमा हुत्तिएका महत्वाकांक्षा प्राप्ति हुन्थ्यो कि? अनि लक्षको पछाडि कछुवाको जस्तो दौडाई। कसरी पार लाग्थ्यो यो त मिल्नै सकेन्। औचित्य हिन यात्रा गन्तव्य बिना तय भएछ। कुहिरोमा हराएको पन्छी जस्तै हराएका सपनाको अनुयायी यात्री हुँ। समय व्यावस्थापन गर्न चुनौतीपूर्ण रहन्छ। जहाँ अनेकौ समय तालिका बनाइन्छ। कार्यतालिका बनाइन्छ। घडी किनिन्छ सिरानीको छेउमै झुड्याइन्छ।

सबै गरियो घडी किनियो तर, समय किन्न कहिल्यै सकिएन्। सन १९८४ भन्दा पनि पहिले विश्वमा समय चलेको थियो होला। २०४२ वैशाख १ पहिले पनि चलेकै थियो होला। जो अहिलेसम्म अनवरत छ। जित यसैको छ। युद्धको महाँसंग्राममा होमिएको योद्धालाई समेत कुनै वास्ता छैन्। कुर भित्र बसेको माछालाई बल्छिको किरा देखाउदै ताल बाहिरसम्म पुर्‍याएको जस्तै खेल समयले खेलिरहेछ। मानव एक रंगमञ्चमा मञ्चित नाटकको नाटकीय पात्र रहेछ।

भूहलचल मापन गर्ने यान्त्र सिस्मोग्राफ जस्तै कुनै ग्राफ भैदेहोस त जीवनको यति हलचल सामना गर्नु पर्ने थिएन। वर्मुणा त्रिकोण जस्ता आफन्त संगती। भगवानले पनि के मिलाएन छ्न्। सबै कुरा यसै समयमा गर्न पर्ने। ग्रेटवाल जस्तो प्रेम सम्बन्ध पनि सँगै चाहिनुपर्ने। आफ्नो भविष्य सँगै बाह्य सम्पूर्ण परिवेश एकै पटक मिलाउन पर्ने।

दिमागमा खाली एक पृथ्वी अक्षांश जस्तै रेसाहरु मात्र भरिएछन्।

अल्वर्ट आइस्टाइन स्टेफिन हकिन्सको जस्तो तिख्खर मस्तिक होस्। सारा व्रह्माण चकमग्न पर्थ्यो। सबै कुरा यसै १.५ किलोमा खेल्न थाल्छ। खण्डग्रास होस्। त आश गर्ने विन्दु भेटिन्थ्यो जीवनमा पुरै खग्रास ग्रहण मौलाउन बेर लाग्दैन्। लम्वेतान चुनौतीका चाङले पछ्याइरहन्छ। कुरा ८ मिनेट र ४ घण्टाको न हो। खग्रास जस्तो भए पक्कै संघर्षरत यात्राले मियो भेट्थ्यो। खण्डग्रास जस्तै भैदिेन्छ जीवन पर्यन्त पछ्याइरहन्छ।

मानिसको दिमागले केही कुरा मन पराउनलाई मात्र ६ सेकेण्ड काफी हुन्छ। तीनै चुनौतिकाबीचमा सम्भावना मन परिरहेछ। गुलाफ काँडाहरुकोबीचमा रहेछ भनेर पछुताउन भन्दा काँडाहरुकोबीचमा पनि गुलाफ फुल्ने रहेछ भनेर सोच्नु महान रहेछ। जीवन असहज भन्नू भन्दा असफलताका पछाडी स्वर्णिम सुखानुभुती छ सोच्नु महानता रहेछ।

सपना अरुण ग्रह जस्तै भएका छन। जहाँ सफल हुँदा–हुँदै पनि असफल नाम दिन मन लाग्ने। सबै भन्दा पहिले आफ्नो अक्ष गति पार गर्छ। तर, जहिले असफल सावित हुन्छ। यी सबै कुराको तालमेल मिलाएर पामिर पठार जस्तै भविष्य बनाउनुछ। अनि भन्नू छ ती अभावमा टाढिने आफन्तलाई, अनि वर्साउन मन छ। त्यो अभावको झरि ती भड्किएका मनमा तुसारापात रुपमा।

अनि सफलताको छाताले मज्जाले अंकमाल गर्दै ओत लाउनुछ। विगतका ती व्यावहार र बचनलाई खुल्ला दिलले मुस्कानको जवाफ फर्काउन छ। मौसम जस्तै टाढिँएका आफन्तलाई अभावको झरी बर्साई छाता उपहार दिन मन छ।

तपाईको प्रतिक्रिया