कर्णाली प्रदेश संसदीय समितिका सभापितको चयन जेठ १४ गते

सुर्खेत । कर्णाली प्रदेश संसदीय समितिहरूका सभापितको लागि निर्वाचन हुने भएको छ। जेठ १४ गते आइतबार प्रदेश सभाका विषयतगत समितिहरुको सभापतिका लागि निर्वाचन हुने भएको हो।



बिहीबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको दोस्रो बैठकमा बोल्दै सभामुख नन्दा गुरुङले सभापतिका लागि जेठ १४ गते निर्वाचन हुने जानकारी दिइन्।

कर्णाली प्रदेश सभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन्।

यस्तै, सभामुख गुरुङले सबै विषगत समितिका सभापतिका लागि जेठ १४ गते बिहान ११ निर्वाचन कार्यातालिका सहित सुचना प्रकाशस गर्न प्रदेश सभा सचिवलाई निर्देशन दिएकी छन्।

तपाईको प्रतिक्रिया