दैलेखमा बँदेल नियन्त्रण गर्न सांसदको माग

काठमाडाैं । प्रतिनिधिसभा सदस्य सुर्यकुमारी श्रेष्ठले दैलेखका विभिन्न स्थानीय तहमा बँदेल आतंक बढेको भन्दै नियन्त्रणका लागि सरकारलाई पहल गर्न आग्रह गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले दैलेखका दुल्लु, महाबु, भैरवी लगायतका विभिन्न स्थानमा स्थानीय किसानले लगाएको मकैबाली नष्ट गरेकाले किसानहरु मर्कामा परेको बताइन् ।



‘दैलेख जिल्लामा जंगली जनवार बँदेलको आतंक धेरै बढेको छ । किसानहरुले खेतबारीमा लगाएको मकै लगायत अन्य अन्नबाली बदेलले नष्ट गरेकाले दुल्लु नगरपालिका, महाबु गाउँपालिका,भैरवी गाउँपालिकाका किसानहरु मर्कामा परेका छन्’, उनले भनिन्, ‘कृषि समितिको बैठकमा समेत यो विषय सभापतिलाई जानकारी गराइएको छ ।सरकारले जो जो किसानको क्षति भएको छ,त्यसको संकल गरी क्षतिपुर्ति दिने व्यवस्था गर्नुपर्छ ।’

साथै उनले बदेल नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने समेत बताइन् ।

 

तपाईको प्रतिक्रिया